प्रधानमन्त्रीले धारा ७६(४) बमोजिम विश्वासको मत लिनैपर्ने दाबी गलतः प्रम ओली काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६(४) बमोजिम विश्वासको मत लिनैपर्ने र सो नभई धारा ७६(५) को प्रक्रिया क्रियाशील नहुने भन्ने दाबी गलत भएको बताएका छन्। “मैले धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्तिका लागि मार्गप्रशस्त गरे बमोजिमको प्रक्रियामा रिट निवेदक आफैँ सहभागी भइसकेकोले यो दाबीको कुनै सान्दर्भिकता छैन”, उनले आज सर्वोच्च अदालतलाई पठाएको लिखित जवाफमा भनेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्