प्रधानमन्त्रीको सर्वोच्चलाई प्रश्न–एमाले सत्तापक्ष कि प्रतिपक्षी? काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतसामू ३ प्रश्न राखेका छन्।अदालतमा पेस गरेको जवाफमा भनिएको छ,“शेरबहादुर देउवा प्रधानमन्त्री हुनुभयो भने रिट निवेदक मध्येका नेकपा(एमाले)र जनता समाजवादी पार्टीका प्रतिनिधिसभा सदस्य कुन दलको हुनुहुन्छ? मैले नेतृत्व गरेको नेकपा(एमाले) सत्तापक्ष हुन्छ कि प्रतिपक्ष?’प्रधानमन्त्री ओलीले देउवा नेकपा(एमाले)कै प्रतिनिधिसभा सदस्यको समर्थनमा प्रधानमन्त्री बन्ने अवस्था हुँदा एउटै दल सत्तापक्ष र प्रतिपक्ष दुवै हुन नसक्ने उल्लेख गरेका छन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्