२० जनाको नाम थपेर कार्यकारिणी समिति अद्यावधिक गर्न ठाकुरको निवेदन काठमाडौं। जसपाका अध्यक्ष महन्थ ठाकुरले २० जनाको नाम थपेर कार्यकारिणी समिति अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ। थपिएको नामावली दर्ता गराउन जसपा नेता केशव झा निर्वाचन आयोग पुगेका थिए। निवेदन दर्ता भएको छ। कानुनी प्रक्रियअनुसार आयोगमा अध्ययन भइरहेको आयोगको राजनीतिक दल सम्बन्धी शाखा प्रमुख गुरुप्रसाद वाग्लेले बताए। यता अर्का अध्यक्ष उपेन्द्र यादवले आज कार्यकारिणी समितिको बैठक बोलाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्