जसपा उपेन्द्र यादव पक्षको कार्यकारिणी समितिको बैठक बस्दै काठमाडौं।जसपाको उपेन्द्र यादव पक्षको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्दैछ।बिहान ११ बजेपछि बस्ने बैठकमा महन्थ ठाकुर,राजेन्द्र महतोसहितका नेतामाथि बहुमतले गरेको कारबाही अमान्य हुने निर्वाचन आयोगको निर्णयबारे छलफल हुने बताइएको छ। यसअघि नै उपेन्द्र यादव पक्षले आयोगको निर्णयप्रति आपत्ति जनाइसकेको छ। कारबाही अस्वीकार गर्ने आयोगको निर्णयलगत्तै एकतर्फी रूपमा कार्यकारिणी सदस्य थप गरेका ठाकुरले भने बैठकमा नजान कार्यकारिणी सदस्यहरुलाई आग्रह गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्