मेलम्चीका बाढीपहिरो पीडितलाई राहत र उद्दार कार्यमा कुनै कमी हुँदैन–मन्त्री तामाङ काठमाडौं। मेलम्चीमा आएको बाढीपहिरो स्थलमा पुगेका स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले राहत र उद्दार कार्यमा कुनै कमी नहुने बताएका छन्। स्थानीय जनप्रतिनिधि, स्थानीय प्रशासन र बाढीपहिरो पीडितसँग छलफल गर्दै तत्काल राहत सामग्री मेलम्ची आइसकेको र वितरण सुरुवात गर्ने उनले बताए। काठमाडौंबाट त्रिपाल, खाद्यान्न, उद्दार सामग्री र स्वास्थ्य सामग्री मेलम्ची पुगेको स्थानीयबासी दीपक अर्यालले जानकारी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्