एमालेका वरिष्ठ नेता खनाललाई थप उपचारका लागि दिल्ली लगियो काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई थप उपचारका लागि नयाँ दिल्ली लगिएको छ। नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा उपचार गर्न उनलाई लगिएको हो। केहीदिनदेखि अस्वस्थ भएपछि उनको काठमाडौंको नर्भिक अस्पतालमा उपचार भइरहेको थियो। तर स्वास्थ्य थप बिग्रिदै गएपछि परिवारको निर्णयमा थप उपचारका लागि दिल्ली लगिएको हो। खनाल मिर्गौलाको समस्याबाट पीडित छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्