उद्धार र राहतमा खटिन सभापति देउवाको निर्देशन काठमाडौं। कांग्रेस सभापति शेरबहादुर देउवाले केही दिनदेखिको अविरल वर्षाका कारण सिन्धुपाल्चोक, मनाङलगायत देशका विभिन्न क्षेत्रमा बाढी, पहिरो र कटानले विकराल रूप लिएको भन्दै कठिन अवस्थामा उद्धार र राहतमा खटिन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्। सामाजिक सञ्जालमार्फत उनले विपद्मा परेका जनतालाई उद्धार गरेर सुरक्षित स्थानमा स्थानान्तरण गर्न र आवश्यक राहत प्याकेज घोषणा गर्न सरकारसँग मागसमेत गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्