सांसद पुनर्बहालीले सरकार र प्रतिपक्षी दुबै सकसमा सुर्खेत। कर्णाली प्रदेशसभाका चार सांसद पुनर्बहालीले सरकार र प्रतिपक्षी दुवै सकसमा परेका छन्। सोही कारण सोमबार प्रदेशसभाकाे बैठक नीति कार्यक्रम पारित नगरी स्थगित भएको छ। सर्वोच्च अदालतले फ्लोरक्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने एमालेका चार सांसदलाई पुनःबहाली गरिदिएपछि कर्णाली सरकार प्राविधिक रूपमा अल्पमतमा परेको छ। तर पुनर्बहाली भएका तीन सांसद सरकारमा मन्त्री छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्