गण्डकी प्रदेशका मन्त्री गुरुङलाई कार्वाही गर्न राखेपको माग काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले गण्डकी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधारमन्त्री राजीव गुरुङ(दीपक मनाङ्गे)लाई कार्वाही गर्न माग गरेको छ। निमित्त सदस्य सचिव पुरेन्द्रविक्रम लाखेले आज विज्ञप्ति जारी गर्दै प्रदेशमन्त्री गुरुङले राखेप सदस्य सचिव रमेशकुमार सिलवाल र सदस्य राजेश गुरुङका विषयमा अमर्यादित तथा अशोभनीय र लाञ्छनायुक्त अभिव्यक्ति दिएकाले कार्वाही गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ।रासस
प्रतिक्रिया दिनुहोस्