पूर्वमुख्यमन्त्रीको हैसियतमा कुनै सुविधा लिन्नँ : निवर्तमान मुख्यमन्त्री गुरुङ काठमाडौं। निवर्तमान गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पूर्वमुख्यमन्त्रीको हैसियतमा कुनै सुविधा नलिने घोषणा गरेका छन्। नवगठित प्रदेश सरकारको मन्त्रिपरिषदले पूर्वमुख्यमन्त्रीलाई सुविधा दिन कानून बनाउने तयारी गरिरहेको बेला निवर्तमान मुख्यमन्त्री गुरुङको यस्तो अभिव्यक्ति आएको हो। “संसदमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतमा उत्तरदायी भूमिका निर्वाह गर्छु। सरकारले जनताको सुविधामा ध्यान देओस्। पूर्वमुख्यमन्त्रीको हैसियतमा कुनै सुविधा लिन्नँ”, उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्