किन गए नेपाल निवासमा देउवा र प्रचण्ड काठमाडौं। कारबाहीमा परेका एमाले नेता माधव नेपाललाई भेट्न कांग्रेसका सभापति शेरबहादुर देउवासँगै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) कोटेश्वर पुगेका छन्। महामन्त्री पूर्णबहादुर खड्कालाई साथै लिएर देउवा नेपाल निवास पुगेका छन्। देउवा पुगेको केहीबेरमै प्रचण्ड पनि नेपाल निवास पुगेको बताएका छन्।संसद पुनर्थापना सम्बन्धी अदालतमा चलिरहेको मुद्दा र एमालेभित्रको विकसित राजनीतिक घट्नाक्रमको विषयमा छलफल हुने कांग्रेस नेता रामहरि खतिवडाले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्