एमालेले लुम्बिनी प्रदेश सांसद वलीलाई कार्वाही गर्ने बुटवल। सुर्य चिन्हबाट निर्वाचित लुम्बिनी प्रदेश सांसद विमला वलीलाई एमाले लुम्बिनी प्रदेश संसदीय दलले कार्वाही गर्ने भएको छ। प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको विपक्षमा उभिएकी सांसद वलीलाई कारबाही गर्ने भएको हो। “वलीलाई स्पष्टिकरण सोध्ने र चित्तबुझ्दो जवाफ नआए थप कारबाही प्रक्रिया अघि बढाउने निर्णय भएको छ,” एमाले प्रमुख सचेतक भुमीश्वर ढकालले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्