कर्णाली सरकार अल्पमतमा : के होला नीति तथा कार्यक्रम? सुर्खेत। कर्णाली सरकार फेरि अल्पमतमा परेको छ। सर्वोच्च अदालतले ४ एमाले सांसदका पुनर्बहाली गर्न दिएको आदेश सभामा सभामुखले पढेर सुनाएसँगै मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकार अल्पमतमा देखिएको हो। ४० सदस्यीय प्रदेशसभामा सभामुखसहित २० जना एमालेका सांसद छन्। माओवादीका १२, कांग्रेसका ६ सहित १८ जना सांसद शाहीको पक्षमा देखिएका छन्। १ सांसद रहेको राप्रपाले पनि सरकारलाई समर्थन गरेको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्