मन्त्री नेम्वाङको निर्देशन, जनकपुर–जयनगर रेल सञ्चालन गर्ने तयारी तत्काल थाल्नू काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले लकडाउन खोल्नोवित्तिकै जनकपुर–जयनगर रेल सञ्चालन गर्ने तयारी थाल्न रेल विभागलाई निर्देशन दिएका छन्। पानीजहाज कार्यालय, मेट्रो रेल विभाग र यातायात व्यवस्था विभागका प्रमुखहरुसँग छलफलम छलफल गरेर उनले सो निर्देशन दिएका हुन्। “नीतिगत, व्यवहारिक र प्राविधिक सम्पूर्ण कुराहरुको व्यवस्थापन भईसकेको छ। रेल सञ्चालनमा ढिलाइ भयो। अब छिटोभन्दा छिटो सञ्चालनमा आउनुपर्छ’, नेम्वाङले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्