कांग्रेसको थप क्रियाशील सदस्यता विवरण सार्वजनिक काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले आज थप ३३ जिल्लाका ६५ स्थानको क्रियाशील सदस्यता नामावली पार्टीको वेबसाइट www.nepalicongress.org मार्फत सार्वजनिक गरेको छ। समितिको यही जेठ २९ गतेको निर्णयअनुसार आवश्यक प्रक्रिया पूरा गरेका क्रियाशील सदस्यताका लागि प्रस्ताव गरिएका थप नामावली सार्वजनिक गरिएको समिति सचिव केशव रिजालले बताए। कांग्रेसले यसअघि १०१ स्थानका क्रियाशील सदस्यता सार्वजनिक गरी सकेको छ।रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्