सुदूरपश्चिमका सभामुख थापालाई मुख्यमन्त्री बनाउन एमालेको आन्तरिक छलफल काठमाडौं। एमाले सुदूरपश्चिमले प्रदेशका सभामुख अर्जुनबहादुर थापालाई मुख्यमन्त्री बनाउने विषयमा आन्तरिक छलफल थालेको छ। सभामुखबाट राजीनामा दिन लगाएर उनलाई मुख्यमन्त्री बनाउने एउटा विकल्पमा छलफल भएको निवर्तमान प्रमुख सचेतक तारा लामाले बताए। "पार्टीलाई एकढिक्का राख्ने प्रयासअनुसार थुप्रै विकल्पमा छलफल जारी छ। सभामुख थापाको पनि इच्छा देखिएको छ। दुवै पक्ष सहमति भयो भने सकारात्मक परिस्थिति बन्न सक्छ", लामाले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्