गण्डकी सरकारको नीति तथा कार्यक्रम आज काठमाडौं। गण्डकी प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ। आज दिउँसो ३ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख सीता पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएको प्रदेशसभा सचिवालयले जनाएको छ। नीति तथा कार्यक्रम प्रस्तुत भएपछि आजै पारित गर्ने तयारी भएको छ। बैठकमा हरेक राजनीतिक दलबाट एक/एक जनालाई बोल्न समय दिइनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्