संविधानविद् अधिकारीको टिप्पणी : संविधान निर्माताबाटै संविधान कार्यान्वयन संकटमा काठमाडौं। संविधानविद् विपिन अधिकारीले संविधान निर्माताहरुबाटै संविधान कार्यान्वयन संकटमा परेको टिप्पणी गरेका छन्। उनले संविधानप्रति गुनासो हुनेहरु संविधान कार्यान्वयनको कुरा गर्न बाध्य भएको बताए। ट्वीट गर्दै उनले भनेका छन्,“पक्ष र प्रतिपक्ष रहेका संविधान निर्माताहरुबाटै संविधानलाई कसरी जोगाउने भन्ने चुनौती पो उर्लिदैछ। कस्तो बिडम्बना!” पछिल्लो पटक संविधानलाई नै मास्न भइरहेको गतिविधिप्रति उनले आशंका व्यक्त गर्दै यस्तो चिन्ता प्रकट गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्