सांसदहरुले दिएको सुझावलाई समावेश गरेर बजेट ल्याउँछौं : मुख्यमन्त्री राउत काठमाडौं। प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले नीति तथा कार्यक्रममा सांसदहरुले दिएको सुझावलाई समावेश गरेर बजेट ल्याउने बताएका छन्। सरकारले ल्याएको नीति तथा कार्यक्रम पूरक नभई छलफलको दस्तावेज भएकाले यसलाई सुधार र थपघट गर्न सकिने खालको सांसदहरुको सुझाव समावेश हुने उनले बताए। नीति तथा कार्यक्रमको विषयमा उठेका सवालको जवाफ दिँदै उनले भने,“प्रदेश २ लाई समृद्ध बनाउन आएको सुझावलाई सम्मान गरिनेछ।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्