काठमाडौंका कर्मचारी सुदूरपश्चिम आउँदा कार्वाही ठान्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ : मुख्यमन्त्री भट्ट सुर्खेत। सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले काठमाडौंको एउटा कर्मचारीले सुदूरपश्चिम आउँदा कार्वाही गरेको ठान्ने प्रवृत्ति कायम रहेको बताएका छन्। आजको प्रदेशसभाको बैठकमा उनले भने, “यस्तो अवस्थामा यहाँको खर्चको क्षमता कसरी बढ्छ? कमजोर बनाउने प्रणाली आज पनि सुध्रिन सकेको छैन। यसको अन्त्य नभएसम्म कमजोर र विकास नभएको क्षेत्रलाई समग्रमा माथि उठाउन अप्ठेरो छ।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्