धनकुटामा शिक्षण अस्पतालका लागि बजेट विनियोजन गरेका छौं : मुख्यमन्त्री राई काठमाडौं। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले धनकुटामा शिक्षण अस्पताल बनाउने योजना निरन्तर रहेको बताए। गएको वर्ष नै योजना र बजेट स्वीकृत गरेको तर जग्गाको व्यवस्थापन र केही मापदण्ड नपुग्दा कार्यान्वयन गर्न नसकेको उनले बताए। उनका अनुसार प्रक्रिया पुग्नेबित्तिकै अस्पताल बनाउने कार्य थालनी गरिनेछ। आगामी वर्ष एकसय बेडको पूर्वाधार तयार गर्न योजना र बजेट राखेको उनले जनाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्