गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्रीमा पोखरेल नियुक्त पोखरा। अन्ततः प्रदेश प्रमुखले गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेललाई नियुक्त गरेकी छन्। प्रदेश प्रमुख सीता पौडेलले संविधानको धारा १६८ को ५ बमोजिम प्रदेशसभामा बहुमत दाबी गर्ने सदस्यको रुपमा पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्। पोखरेलले ३१ जना सांसदको हस्ताक्षरसहित शुक्रबार प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा आफ्नो दावेदारी पेश गरेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्