प्रदेश १ को नीति तथा कार्यक्रममा सांसदहरुले बोल्ने क्रम सकियो काठमाडौं। प्रदेश १ को बजेट अधिवेशनमा प्रस्तुत सरकारको नीति तथा कार्यक्रममा सांसदहरुले बोल्ने क्रम सकिएको छ। दुई दिनसम्म सांसदहरुले सरकारको नीति तथा कार्यक्रममा छलफल गरेका थिए। प्रदेशसभा बैठकमा विपक्षी दलका सांसदहरुले कार्यान्वयन गर्न नसकिने महत्वाकांक्षी र आश्वासन मात्र भएको आरोप लगाए। सत्तारोध दलका सांसदहरुले भने नीति कार्यक्रमको बचाउ गरेका छन्। बैठक भोलि २ बजे पुनः बस्ने प्रदेश सचिवालयले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्