गण्डकी प्रदेश : विपक्षी दल प्रदेशप्रमुखको कार्यालयमा पोखरा। गण्डकी प्रदेशमा विपक्षी गठबन्धन प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन्। विपक्षी गठबन्धनमा रहेका ३१ सांसद भौतिक उपस्थितिमै प्रदेश प्रमुखलाई भेट्न गएका हुन्। पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनको पत्रसहित फेरि मुख्यमन्त्रीमा दावी गरेपछि उनीहरु पुनः प्रदेश प्रमुखको कार्यालय पुगेका हुन्। विपक्षी गठबन्धनले नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीको प्रस्ताव गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्