गण्डकी प्रदेश : मुख्यमन्त्रीमा गुरुङको पनि दाबी पोखरा। गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले पनि दाबी गरेका छन्। गुरुङले राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनसहित मुख्यमन्त्रीमा दाबी गरेका हुन्। प्रदेश प्रमुख सीता पौडेलले दिएको२४ घण्टाको समय सकिनुअघि गुरुङले राजपाका कृष्ण थापा र जनता समाजवादी पार्टीका गण्डकी प्रदेश अध्यक्ष गणेशमान गुरुङको समर्थनसहित दावी गरेका हुन्। २७ गते गुरुङले लिएको विश्वासको मतमा बहुमत नपुगेपछि सरकार ढलेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्