नेपाली कांग्रेसले दियो, आत्मालोचना गर्न प्रदेश सांसद बैधलाई निर्देशन काठमाडौं। नेपाली कांग्रेसले बाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई हिजो प्रदेशसभामा दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न निर्देशन दिएको छ। पार्टीको तर्फबाट कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति जारिगर्दै उनलाई सचेत समेत गराइएको जनाएका छन्। "कुनै पनि सदस्यबाट हिंसालाई प्रेरित गर्ने अभिव्यक्ति आउँदा त्यसलाई प्रतिरक्षा र ढाकछोप गर्ने पार्टीको नीति र संस्कृति छैन," विज्ञप्तिमा उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्