जसपा नेता इस्तियाक राईले भने, नरोत्तम वैद्यले क्षमायाचना गर्नुपर्छ
काठमाडौं। जनता समाजवादी पार्टीका नेता मोहम्मदर इस्तियाक राईले मान्छे मार्ने अभिव्यक्ति अपराधिक र गैरकानुनी भएको बताएका छन्। कांग्रेस बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले दिएको अभिव्यक्तिप्रति विरोध गर्दै उनले शब्द फिर्ता लिएर क्षमा याचना गर्नुपर्ने माग गरे। आज उनले ट्वीटरमा लेखेका छन्, "मान्छे मार्ने अभिव्यक्ति अपराधिक र गैरकानुनी हो। विधिको शासनको विश्वास गरौं। नरोत्तम वैद्यले शब्द फिर्ता लिइ क्षमायाचना गर्नुपर्छ।"
प्रतिक्रिया दिनुहोस्
