काङ्ग्रेस प्रवत्ताले भने – आवेगको बोली र व्यवहार भावनात्मक उत्तेजना भनेर उन्मुक्ति हुन्न काठमाडौं। नेपाली काङ्ग्रेसका प्रवत्ता विश्वप्रकाश शर्माले आवेगको बोली र व्यवहार भावनात्मक उत्तेजना भनेर उन्मुक्ति दिन नमिल्ने बताएका छन्।आफ्नै पार्टीका बागमती प्रदेश सांसद नरोत्तम बैद्यले प्रधानमन्त्रीको हत्या गर्नुपर्ने अभिव्यक्ति दिएपछि उनले ट्वीटरमा लेखेका छन्,“सडकमापनि राख्नुपर्ने संयम संसदमा गुमाउन पाइन्न! आवेगको बोली र व्यवहार भावनात्मक उत्तेजना भनेर उन्मुक्ति हुन्नँ।शब्द फिर्ता लिई आत्मालोचना गर्न पार्टीको निर्देशन रहन्छ।अभिव्यक्ति स्वतन्त्रता र अभिव्यक्तिमा अराजकता एउटै होइन।”
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्