सांसद पुनर्बहाली गर्ने सर्वोच्चको आदेशविरुद्ध पुनरालोकनमा जाने एमालेको तयारी काठमाडौं। निलम्बनमा परेका कर्णाली प्रदेशका संसदलाई पुनर्बहाली गर्ने सर्वोच्च अदालतको अन्तरिम आदेशविरुद्ध नेकपा एमालेले पुनरावलोकनमा जाने तयारी गरेको छ। अदालतको फैसला कानूनअनुसार नभएको भन्दै भ्याकेट दिने तयारी भइरहेको एमालेका स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बताए। न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले कर्णाली प्रदेशका सांसदहरु प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दबहादुर बुढालाई अन्तरिम आदेशमार्फत पुनर्बहाली गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्