जसपा अध्यक्ष उपेन्द्र यादवले भने, ‘सर्वोच्च अदालतले न्याय दिन्छ भन्ने आशा छ’ काठमाडौं। जसपा अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्र र संविधानलाई बचाउन लोकतान्त्रिक शक्तिबीच एक्यबद्ध हुने सहमति भएको बताए। सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको बैठकपछि बाहिरिँदै अध्यक्ष यादवले संसद र संविधानमाथि सरकारले पटकपटक प्रहार गरिरहेकाले लोकतन्त्र खतरामा पुगेको बताए। राष्ट्रपतिले समेत संसद भंग गरेर संवैधानिक संकट सिर्जना गराएकाले सर्वोच्च अदालतले न्याय दिन्छ भन्ने आशा रहेको उनको जिकिर छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्