गण्डकी प्रदेशमा नयाँ सरकार गठनको आह्वान, भोलि ३ बजेसम्म म्याद पोखरा। गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लाागि आह्वान भएको छ। प्रदेश प्रमुख सीता पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन्। संविधानको धारा १६८ को उपधारा (५) बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि १९ गते दिउँसो ३ बजेसम्मका लागि दाबी पेस गर्ने समय तोकिएको हो। मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबार विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार ढलेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्