कर्णाली प्रदेश : विनियोजन विधेयकको प्रतिमा मन्त्रीको हस्ताक्षर नभएको भन्दै एमालेको विरोध सुर्खेत। कर्णाली प्रदेशको बैठक प्रतिपक्षी नेकपा एमालेले विनियोजित विधेयकमा मन्त्रीको हस्ताक्षर नभएको प्रति बाँडिएको भन्दै विरोध जनाएको छ। आजको बैठकमा एमालेका सांसदहरुले बिहीबार सभामा आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माले पेश गरेको विनियोजन विधेयकको सिद्धान्त, उद्देश्य र प्राथमिकताको बिना हस्ताक्षरको प्रति आफूहरुले नचिन्ने भन्दै विरोध जनाए। बैठक आधा घण्टाको लागि स्थगित भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्