प्रदेश १ को प्रदेशसभा बैठक भोलि ११ः३० बजेसम्मको लागि स्थगित विराटनगर। प्रदेश १ को प्रदेशसभा बैठक भोलि ११ः३० बजेसम्मको लागि स्थगित भएको छ। सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ११ जना सांसदले बोलेपछि बैठक स्थगित भएको हो। आजको बैठकमा विपक्षी दलका सांसदहरुले मात्र बोलेका थिए। भोलि पनि सरकारको नीति तथा कार्यक्रमकै विषयमा छलफल हुने प्रदेशसभा सचिव गोपाल पराजुलीले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्