जनमोर्चाका गण्डकी प्रदेशसभा सांसद थापा फेरि पदमुक्त पोखरा। गण्डकी प्रदेशसभा सांसद कृष्ण थापा फेरि पदमुक्त भएका छन्। शुक्रबारको प्रदेशसभा बैठकमा उनलाई पार्टीले कार्वाही गरेको पत्र सभामुख नेत्रनाथ अधिकारीले पढेर सुनाएका हुन्। प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको विपक्षमा मतदान गर्न पार्टीले गरेको ह्वीप विपरीत तटस्थ बसेको भन्दै उनलाई पार्टीले कार्वाही गरेको हो। यसअघि विपक्षी गठबन्धनको सरकार बनाउँदा हस्ताक्षर गर्न नमानेको भन्दै गरेको कार्वाहीमा सर्वोच्च अदालतले पुर्नवहालीको आदेश दिएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्