विपक्षी सांसद भन्छन्, ‘सरकारको नीति तथा कार्यक्रम झुट र आश्वासनका पुलिन्दा हो’ विराटनगर। प्रदेश १ सरकारको नीति तथा कार्यक्रम झुट र आश्वासनका पुलिन्दा भएको विपक्षी सांसदहरुले बताएका छन्। प्रदेशसभा बैठकमा बोल्दै सांसदहरुले हरेक वर्ष योजना बन्ने तर कार्यान्वयन नहुने भएकाले विश्वास नलागेको बताए। सरकारले नीति तथा कार्यक्रममा आकर्षक नारा र योजना ल्याएको देखिन्छ। यस्ता नाराले जनतालाई झुक्याउने कार्य गरेको सांसद सुर्यामा राईले बताए। सांसदहरुले सरकारको योजना तथा कार्यक्रम चुनावमुखी देखिएको आरोप लगाए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्