अक्सिजन प्लान्टसहित सुविधायुक्त जिल्ला अस्पताल बनाउने काठमाडौं।प्रदेश–१ सरकारले "गुणस्तरीय स्वास्थ्य सेवा प्रदेश सरकारको प्रतिबद्वता" भन्ने मूल नारासहित प्रदेश मातहतका सबै अस्पतालहरुको गुरुयोजना तयार गर्ने भएको छ।मेची अस्पताललाई २०० शैय्या,धनकुटा र पाँचथर जिल्ला अस्पताललाई १०० शैय्या र अन्य जिल्ला अस्पताललाई न्युनतम ५० शैय्यामा स्तरोन्नति गर्ने,ती अस्पतालमा अक्सिजन प्लान्ट,सघन उपचारकक्ष निर्माण, विशेषज्ञ चिकित्सक,आवश्यक औजार तथा यन्त्र उपकरण र भौतिक पूर्वाधारको व्यवस्था गरिने सरकारको नीति कार्यक्रमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस्