गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले आज विश्वासको मत लिने पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज विश्वासको मत लिने भएका छन्। आज १२ बजे बोलाइएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने कार्यतालिका रहेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ। गुरुङले वैशाख २९ गते संसदमा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्रीको शपथ लिएका थिए। कुल ६० जना प्रदेशसभा सदस्य रहेको गण्डकीमा मुख्यमन्त्रीले विश्वासको मत पाउन ३१ जना सांसदको समर्थन आवश्यक पर्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्