बागमती प्रदेशले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै,विपक्षी दलले पारित गर्न नदिने काठमाडौं। बागमती प्रदेश सरकारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछ। प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो। आज दिउँसो बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको प्रदेश सचिवालयले जनाएको छ। विपक्षी दलले भने नीति तथा कार्यक्रम पारित गर्न नदिन छलफलमा जुटेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्