प्रदेश–२ सरकारमा किन सहभागी भएन माओवादी केन्द्र ? काठमाडौं। प्रदेश–२ मा जसपा नेतृत्वको सरकारमा माओवादी केन्द्र सहभागी भएन। मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेस र माओवादी केन्द्रलाई समेटेर मन्त्रिमण्डल पुनर्गठन गर्न खोजेका थिए। कांग्रेसलाई ३ मन्त्रालय र माओवादीलाई २ मन्त्रालय दिएर सहभागी गराउने तयारी गरिएको थियो। तर एउटा मन्त्रालय मात्र दिने कुरा भएपछि माओवादी सरकारमा तत्कालै नजाने भएको माओवादीको तर्फबाट वार्ता टोलीका सदस्य जगत यादवले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्