लुम्बिनी प्रदेशसभा बैठक : आगामी बजेट कोभिड रोकथाम र नियन्त्रणमा केन्द्रित रहने बुटवल। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक बर्षमा कोभिड–१९ रोकथाम र नियन्त्रणको लागि पूर्वाधार, औषधि, स्वास्थ्य उपकरण र पर्याप्त जनशक्तिको व्यवस्था गर्ने भएको छ। आज प्रदेशसभा बैठक प्रदेश प्रमुख धर्मनाथ शाहले सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीलाई दुर्गम क्षेत्रमा काम गराउनका लागि प्रोत्साहन गरिने जानकारी दिएका छन्। प्रदेशका स्वास्थ्य संस्थाको सेवा प्रभावकारी बनाइने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्