प्रदेश २ मा महन्थ पक्षका चार मन्त्री बर्खास्त
जनकपुरधाम। संघीय सरकारमा महन्थ पक्ष सहभागी भएसँगै प्रदेश २ मा उथलपुथल भएको छ। महन्थ पक्षका चार मन्त्री र राज्यमन्त्री बर्खास्तमा परेका छन्। मुख्यमन्त्री लालबाबु राउतले जसपा महन्थ पक्षका मन्त्रीहरुलाई बर्खास्त गरेका हुन्। भौतिक पूर्वाधार मन्त्री जितेन्द्र सोनल, सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, वन तथा पर्यटन राज्यमन्त्री सुरेश मण्डल र राज्यमन्त्री डिम्पल कुमारी झा बर्खास्त भएका हुन्।
प्रतिक्रिया दिनुहोस्
