जसपा सरकारमा सहभागी भएसँगै संविधानवाद् स्थापित : शंकर पोखरेल काठमाडौं। नेकपा एमालेका नेता एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जसपा सरकारमा सहभागी भएसँगै संविधानवाद् स्थापित भएको बताएका छन्। आज उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, “जसपाको महन्थपक्ष सरकारमा सहभागी भएसँगै संविधानवाद् स्थापित भएको छ। अब सबै पक्ष चुनावमार्फत नयाँ जनादेश प्राप्त गर्ने अभियानमा जुटौं।” जसपा ८ मन्त्री र २ राज्यमन्त्रीसहित एमाले नेतृत्वको सरकारमा सहभागी भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्