नेपाल कोरिया मैत्री अस्पताललाई ६३ थान अक्सिजन कन्सनट्रेटर प्रदान काठमाडौं।कोभिड–१९ र्‍यापिड एक्सन टास्कफोर्स(सी १९–आरएटी) समूहले मध्यपुर ठिमी नगरपालिकास्थित नेपाल कोरिया मैत्री अस्पताललाई १० लिटरको ६३ थान हाइपरफमेन्स अक्सिजन कन्सनट्रेटर मेसिन प्रदान गरेको छ।नेपाल राईजिङ्ग अमेरिका र इन्गेज नेपालको आर्थिक सहयोग र गुठीको सहकार्यमा ती मेसिन प्रदान गरिएको हो।मेसिन हस्तान्तरण पश्चात मध्यपुर ठिमी नगरपालिका मेयर मदन सुन्दर श्रेष्ठले नगरपालिकाका बिरामी कसैले पनि अक्सिजनको अभावमा उपचार नपाउने चिन्ताको अन्त्य भएको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्