राप्रपा नेता लिङ्देनको बाबुरामलाई प्रश्नः प्रधानमन्त्री हुँदा हत्याकाण्डको छानबिन किन नगरेको ? काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राजेन्द्र लिङ्देनले बाबुराम भट्टराईलाई प्रधानमन्त्री हुँदा दरबार हत्याकाण्डको छानबिन किन नगरेको भन्दै प्रश्न गरेका छन्। दरबार हत्याकाण्डको छानबिन गर्नुपर्ने बाबुरामको ट्वीटलाई जवाफ फर्काउँदै राप्रपा नेता लिङ्देनले उनीमाथि प्रश्न उठाएका हुन्। उनले भनेका छन्,"दरबार हत्याकाण्ड लगत्तै हत्यारा ज्ञानेन्द्र हुन् भनेर लेख्नुभएको होइन? कत्रो भ्रम बाँड्नु भएछ? २० वर्षपछि छानबिन आयोगको कुरा उठाउनु भएछ,तपाईं पनि भ्रममै हुनुहुँदोरहेछ।"
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्