थापाको निधनले सिङ्गो पार्टीपङ्क्ति स्तब्ध : विवेकशील साझा पार्टी काठमाडौं। विवेकशील साझा पार्टीका संस्थापक संयोजक तथा तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष उज्वल थापाको निधनले सिङ्गो पार्टीपङ्क्ति स्तब्ध भएको विवेकशील साझा पार्टीले जनाएको छ। विवेकशील साझा पार्टीद्वारा आज जारी शोकवक्तव्यमा केन्द्रीय समितिको आकस्मिक बैठकले उनको निधनमा दुःख व्यक्त गर्दै शोकप्रस्ताव पारित गरेको जनाइएको छ। सुधारात्मक कदमको लागि राज्यलाई दबाब दिने विधि स्थापित गर्न उनको भूमिका रहेको विवेकशीलले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्