एमालेका ओली र नेपाल पक्षका नेताबीच छलफल
काठमाडौं। नेकपा एमालेको स्थायी कमिटी बैठकअघि अध्यक्ष केपी ओली र नेता माधवकुमार नेपाल पक्षका नेताबीच याक एन्ड यति होटलमा छलफल भएको छ। पार्टीलाई २०७५ जेठ २ को आसपासमा फर्काएर सहमति खोज्ने विषयमा छलफल भएको हो। छलफलमा ओली पक्षका सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली तथा नेपाल पक्षका सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्ट सहमागी थिए।
प्रतिक्रिया दिनुहोस्
