प्रदेश २ सरकारद्वारा बजेट अधिवेशन आह्वानका लागि सिफारिस धनुषा। प्रदेश २ सरकारले बजेट अधिवेशन आह्वानका लागि सिफारिस गरेको छ। आज बसेको मन्त्रिपरिषद बैठकले जेठ २४ गते बजेट आह्वानका लागि सिफारिस गरेको हो। बैठकले चालु हिउँदे अधिवेशनको अन्त्य गर्दै जेठ २४ गते बजेट अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्