राष्ट्रपति भण्डारीले अरु देशसँग खोप मागेकोप्रति भीम रावलको आपत्ति
काठमाडौं। नेकपा एमालेबाट निष्कासित नेता भीम रावलले राष्ट्रपतिले अरु देशसँग खोपका लागि पत्राचार गरेकोमा आपत्ति जनाएका छन्। आज सामाजिक सञ्जालमार्फत उनले राष्ट्रतिले कार्यकारी प्रमुखझैं विभिन्न देशका राष्ट्रपतिलाई खोप याचना पत्राचार गर्नु संविधान र प्रणालीको उल्लंघन भएको आरोप लगाए। उनले लेखेका छन्, ‘के प्रधानमन्त्री र सरकार निकम्मा भई राष्ट्रपति कहाँ अधिकार बुझाउने असंवैधानिक बाटोमा अग्रसर रहे भन्ने गम्भीर प्रश्न उठ्छ।’
प्रतिक्रिया दिनुहोस्
