लुम्बिनी प्रदेशसभाको आठौं अधिवेशन आह्वान काठमाडौं। लुम्बिनी प्रदेशसभाको आठौं अधिवेशन आह्वान गरिएको छ। लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादवले जेठ १९ गते १ बजेका लागि बैठक आह्वान गरेका हुन्। प्रदेशसभा सचिव दुर्लभकुमार पुनले प्रदेशसभा नियमावली २०७४ को ३(१) बमोजिम बैठक आह्वान गरिएकोबारे सूचना प्रकाशित गरेका छन्। सरकारले बजेट ल्याउन आवश्यक तयारी गरिरहेको बेला आठौं अधिवेशन आह्वान गरिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्