संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा परेको छ : अष्टलक्ष्मी शाक्य काठमाडौं। नेकपा एमाले स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा परेको बताएकी छिन्। बागमती प्रदेशसभाको प्रिबजेटको छलफलमा बोल्दै नेतृ शाक्यले यस्तो बताएकी हुन्। ‘अहिले लोकतन्त्र बलियो हुनुपर्ने, संघीयता बलियो हुनुपर्ने र प्रदेश सरकार बलियो हुनुपथ्र्यो’, उनले भनिन्, ‘हामीले बलिदानबाट ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा परेको छ।’ बागमती प्रदेशको नीति र बजेट कोभिड नियन्त्रणमा केन्द्रित हुनुपर्ने उनले बताइन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्